You are viewing the translated version of रुपैयाँमा परिवर्तन.

Section 28
रुपैयाँमा परिवर्तन
(१) यस ऐनको प्रयोजनको लागि कुनै व्यक्तिको आय तथा सो आय निर्धारण गर्दा समावेश गरिने र कट्टी गरिने रकमहरु नेपाली रुपैयाँ बाहेक अन्य मुद्रामा अङ्कित गरिएको भए त्यस्तो रकमलाई नेपाली रुपैयाँमा परिवर्तन गर्नु पर्नेछ ।

(२) कुनै व्यक्तिको कुनै आय वर्षमा आय गणना गर्दा समावेश गरिने वा कट्टी गरिने रकम नेपाली रुपैयाँ बाहेक अन्य मुद्रामा अड्ित गरिएकोमा सो रकम प्राप्त गरिएको, खर्च गरिएको, दिएको, बुझाएको वा कर प्रयोजनको लागि अन्य कुनै किसिमले हिसाब गर्दाका बखत प्रचलित विनिमयदर अनुसार सो मुद्रालाई नेपाली रुपैयाँमा परिवर्तन गर्नु पर्नेछ ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफाको प्रयोजनको लागि विभागले लिखित रुपमा सूचना जारी गरी अनुमति दिएकोमा कुनै व्यक्तिले सो आय वर्षमा विभागले तोकेको औसत विनिमय दर प्रयोग गर्न सक्नेछ ।